|  

कोरोना को जोखिम बढेसङै ग्रामीण भेगका बिद्यार्थीको शैक्षिक क्रियाकलाप अन्योलमा

१५ बैशाख २०७८, बुधबार ०७:२१ प्रकाशित
रोशन नेपाल


धुनिबेसि, धादिङ
देशभर कोरोना सङ्क्रमण पुनः ह्वात्तै बढेको छ। कोरोनाको त्रासले जोखिम कम गर्न सरकार ले निशेधाज्ञा अनि विभिन्न विधि हरु अपनायको छ। यसबाट अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि समस्या मा परेको छ।

देशभरका बिधालय तथा शैक्षिक सस्था हरु लाई भौतिक रुपमा उपस्थित नभैकन अनलाइन बाट कक्षा संचालन गर्नु भन्ने सरकार को आदेश छ तर ग्रामीण भेगका बिधालय अनि तेहा को अबस्था हेर्दा अनलाइनमा कक्षा संचालन गर्न धेरै कठिन छ। कतिपय ठाउमा ईन्टरनेट, भौगोलिक बिकटता लगाएत का कुरा हरुले सम्भबव नै छैन।

सरकारि बिधालय अध्ययन गर्ने बिद्यार्थीको परिवारमा खान लगाउन नै धौधौ भयको र अनलाइनमा कक्षा गर्ने उपकरण नहुनु, ईन्टरनेट को पहुँच नहुनु जस्ता विविध समस्या भयको कारणले सरकारले अनलाइन कक्षा संचालन गर्नु भने पनि ग्रामिण भेगमा सम्भावना अत्यन्तै कम भएको हो।

बिधालय पनि बन्द भयको र अनलाइन कक्षाको नि सम्भावना कम हुदा ग्रामीण छेत्रका सामुदायिक बिधालयको बिद्यार्थी हरुको शैक्षिक गतिविधि अन्योलमा छ।

 

१५ बैशाख २०७८, बुधबार ०७:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस