|  

कोरोना रोकथामका लागि बागमती प्रदेशको योजना निर्माण

७ चैत्र २०७६, शुक्रबार १५:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत ७ गते शुक्रबार हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठक प्रदेशस्तरिय कोरोना नियन्त्रण समितिले देहायका निर्णय गरेको छ ।
हेटौडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालयको रुपमा विकास गर्ने । त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने । सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने । सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने ।
कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा आजै पठाउने ।
सवारी साधनमा आवत जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने । विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्ने ।
जिल्ला सदरमुकाममा बिहान बेलुका माइकिङ गराएर कोरोनाका बारेमा जनचेतना जगाउने ।
सवारी साधन रोकिने ठाउँमा सहायता डेक्स खडा गरी राख्ने ।
बिद्यालय तथा बिश्वबिद्यालय विदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेहरुमा हुन सक्ने संक्रमणका बारेमा निगरानी राख्ने ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयम रायसहित,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । प्रदेशस्तरिय कार्यालयका प्रमुख पनि सहभागी थिए ।

७ चैत्र २०७६, शुक्रबार १५:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस