|  

गजुरिमा अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न

१४ आश्विन २०७६, मंगलवार २०:१९ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी /गजुरि
२९ अौ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गजुरि गाउपालिका मा मंगलबार जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ।
महिला तथा बालबालिका शाखाको आयोजना मा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ज्यु को प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकिय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख,वडा अध्यक्ष ,जनप्रतिनिधि ,महिला सञ्जाल ,प्रहरी लगाएको नागरिक समाज हरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
“जेष्ठ नागरिक ज्ञान,सीप,क्षमता र अनुभव को खानि”उनिहरु लाई नगरौं हेला जानि नजानि भन्ने मुल भाराका साथ कार्यक्रम भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ।

१४ आश्विन २०७६, मंगलवार २०:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस