|  

गजुरिमा बाल दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

२९ भाद्र २०७६, आईतवार १९:५३ प्रकाशित
भुवन भण्डारी


भाद्र २९, धादिङ
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा “सुनिश्चित बाल अधिकार समृद्ध नेपाल को अाधार भन्ने मुल नारा सहित गजुरि गाउँपालिकाको अायाेजना र प्रयास र सिविस संस्था को सहयोगमा मा.बि.स्तरीय चित्रकला प्रतियोगिता र अन्तर वडा बाल समूह विच हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा चित्रकला तर्फ डाेल भञ्ज्याङ् मा.बि. को अाभा भट्ट प्रथम, गजुरि पिण्डा मा.बि.को प्रबिन श्रेष्ठ द्दितिय, अादर्श मा.बि.को रिया भण्डारी तृतीय र जगदम्बा बाेडिङ् को अर्चना श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन।

त्यस्तै हाजिरीजवाफ तर्फ अग्रशिल वडा बाल सञ्जाल वडा नं५ को सुष्मा लामिछाने, सरिस्मा भण्डारी र अाभा भट्ट को समूह प्रथम , सफल बाल सञ्जाल वडा नं१को प्रशान्त भण्डारी,अपेक्षा ढुङ्गाना र मानव चेपाङ को समुह द्दितिय, शिर्जनसिल वडा बाल सञ्जाल वडा नं.८ को सम्झना खनाल, रेश्मा बस्नेत र अाशिस भण्डारी को समुह तृतीय र ज्ञान ज्याेति वडा बाल सञ्जाल वडा नं६ को राधिका चेपाङ , सुजन सुवेदी र अनुज सुवेदिको समूह ले सान्त्वना स्थान हासिल गरेकाछन।
प्रतियोगितामा प्रथम,द्दितिय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूह र विद्यार्थी लाई स्टेशनरि,व्याग र नगद पुरस्कार द्वारा सम्मान गरिएको छ।

कार्यक्रममा गजुरि गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना, बिषय गत शाखा प्रमुख, इलाका प्रहरि कार्यालय को इन्सपेक्टर भाेज राज पाण्डे ,शसस्त्र प्रहरि बल नागरिक समाज, बाल अधिकारकर्मी ,बाल अभियान्ता हरुको सहभागीता रहेको थियो ।

२९ भाद्र २०७६, आईतवार १९:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस