|  

गजुरीको आदर्श र महेन्द्रोदय माबिमा एक विद्यालय एक नर्स कार्यक्रम लागु

११ आश्विन २०७७, आईतवार ०८:२५ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका अन्तर्गतका थप २ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको छ। बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि गाउँपालिकाका थप २ विद्यालयलाई छनौट गरि कार्यक्रम लागु गर्ने भएको हो।
यसै आव २०७७/०७८ देखि लागु हुने गरी गजुरी गाउँपालिकाको वडा नं. १ मा रहेको आदर्श मावि र वडा नं. ३ राक्सिङ् मा रहेको महेद्रोदय मावि छनौट भएको हो।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरुमा आव २०७७/०७८ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू हुने भएको छ।

११ आश्विन २०७७, आईतवार ०८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस