|  

गजुरी गाउँपालिकाको पहिलो बन्यो वडा नं.४:आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रारम्भ

१२ आश्विन २०७७, सोमबार १८:५४ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.४ को वडा कार्यालय भवन निमार्ण सम्पन्न भइ अाफ्नै भवन बाट गत हप्ता देखि सेवा प्रारम्भ गरेको छ।काेभिड १९ को कारणले ठुलो तामझाम को भेला गरी उद्घाटन नगरे पनि वडा अध्यक्ष सुरेन्द्र चेपाङले वडा समितिको बैठक राखि वडा बाट सुचना जारि गरि सुभारम्भ गर्नुभएको छ।गजुरी गाउँपालिकाको ८ वटा वडा मध्ये वडा नं.४ आफ्नै वडा कार्यालयबाट सेवा प्रारम्भ गर्ने वडामा पहिलो बनेको छ।भौगोलिक हिसाबले दुर्गम वडा भए पनि अाधारभुत स्वास्थ्य इकाईको भवन पनि निमार्ण सम्पन्न भइ आफ्नै भवन बाट स्वास्थ्य सेवा सुचारु गरेको छ।नेपाली काङ्ग्रेस बाट निर्वाचित चेपाङ वडा अध्यक्षले निर्वाचित भए सङ्गै स्वास्थ्य,शिक्षा,बिधुत् र सडकलाई प्रथामिकता दिनुभएको छ।वडा नं.४को सबै भेगमा बिधुतिकरण तिब्र गतिमा काम हुदै गरेको छ। वडा अध्यक्ष चेपाङ आफु सधैं जनताको सेवामा समर्पित भएको र जनताको शासक भन्दा पनि सेवक भएको जानकारी दिनुभएको छ।

१२ आश्विन २०७७, सोमबार १८:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस