|  

गजुरी गाउँपालिकाको सबै विद्यालय खुल्यो:जोर बिजोर प्रणालि लागु

१२ आश्विन २०७७, सोमबार ०९:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/गजुरी
सरकारले अनलाइन शिक्षालाई मान्यता दिए पनि धादिङका ग्रामिण क्षेत्रमा प्रभावकारिता नदेखिए पछि विद्यालयमै विद्यार्थीहरुलाई बोलाएर पठन-पाठन सुरु गरिएको छ । गजुरी गाउँपालिका भित्र रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठकले कक्षा संचालनको लागि अनलाइन प्रविधि कठिनाई भएको निकर्ष निकाल्दै विद्यालय मै विद्यार्थीहरुलाई आलो पालो उपस्थित गराई पठन पाठन गराउने निर्णय गरेको छ।विद्यार्थीहरुको जोर बिजोर रोल नम्बरको आधारमा माक्स सेनिटाइजर थर्मलगन साबुन पानीको अनिवार्य गर्दै विद्यालयहरु संचालन गरेको शिक्षा शाखा प्रमुख भिमसेन बिष्टले जानकारी दिनुभयो।

१२ आश्विन २०७७, सोमबार ०९:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस