|  

गजुरी-५ को सबै गाउँ झिलिमिलि स्थानीय सुखि

९ भाद्र २०७७, मंगलवार ०८:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/गजुरी
धादिङ जिल्लाको दक्षिणि भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.५ को सबै टाेल बस्ती स्तरमा बिद्धुत सेवा सुचारू भएको छ।पृथ्वी राजमार्ग सङ्ग जाेडिएको वडा भएता पनि हालसम्म बत्ती बल्न सकेको थिएन।साविक पीडा गा.वि.स. ४र ५ वडामा धादिङ क्षेत्र नं.१ का माननीय संसद भुमि त्रिपाठी पहलमा ,गाउपालिकाको ०७४/०७५र ०७५/०७६ बार्षिक बजेट र जिल्ला बिधुत् प्राधिकरण र क्षेत्रीय प्राधिकरणको सहयोगमा बत्ती बाल्न सफल भएको वडा अध्यक्ष रामचन्द्र मिजारले बताउनुभयो।चिसाखोला,बिराबारि,मुलाखर्क,बासचौर,च्याङ्लि र सिमडाडा का स्थानीयमा भने सुखि छाएको छ।बत्ती मुनिको अँध्यारो गाउँको रूपमा परिचित गाउँ अहिले भने झिलिमिलि भए सङ्गै सामाजिक सञ्जाल मार्फत पनि स्थानीयले स्थानीय सरकारलाई धन्यवाद दिनुभएको छ।वडा अध्यक्ष मिजारले भन्नुभयो पटकपटक जनतालाई दिएको अाश्वासन बल्ल पूरा भएकोमा मलाई पनि खुसि लागेको छ।

९ भाद्र २०७७, मंगलवार ०८:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस