|  

गैरआवासीय नेपाली संघ, जापानको अध्यक्ष पदका उम्मेदवार किरण वर्माका विगतका कार्यानुभव सहितको ८ बुँदे प्रतिवद्धता घोषणा

२० श्रावण २०७६, सोमबार १०:३४ प्रकाशित

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गौर आवासीय नेपाली संघ, जापानको (२०१९–२०२१) का अध्यक्ष पदका उम्मेदवार किरण वर्माले आफ्नो विगतको अनुभव र कार्यको आधारमा आफ्ना च्नावी प्रतिवद्धताहरु घोषणा गरेका छन् । यस्ता छन्, उनको विगतका कार्य र प्रतिवद्धता,
सम्पूर्ण अग्रज तथा साथीहरूमा हार्दिक नमस्कार !
विभिन्न कारणले मातृभूमिबाट हामी प्रवासी नेपाली सात समुद्रपारी आइपुगेका छौं । जति टाढा पुगे पनि हामी नेपाली नै हौं र जहाँ पनि हामी नेपाली हुनुको गर्वका साथ बाँचिरहेका छौं । नेपालीपन हाम्रो पहिचान हो । हामी संसारभरी छरिएर रहेका प्रवासी नेपालीहरुको साझा चौतारी एनआरएनएसँग लामो समयदेखि जोडिएर काम गर्दै आएको छु । सर्वप्रथम त यस गरिमामय संस्थाको २०१३(१५ को क्युसु क्षेत्रको उप(संयोजक र २०१५–१७ को क्युसु क्षेत्रको संयोजकको रुपमा नेतृत्व गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण एनआरएनए अभियन्ताहरूमा साथ, सहयोग र प्रेरणाको निमित्त हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
मैले क्युसु क्षेत्रको जिम्मेवारी सम्हालेसँगै ‘काम बोलेर होईन गरेर देखाउनुपर्छ’ भन्ने भावनाका साथ केन्द्रसँग अधिकतम हातेमालो गरेँ । मेरो कार्यकालमा मह जोडीको कार्यक्रम, नेपाल फेस्टिवल ९वैशाखी मेला०, केन्द्रले स्थापना गरेको राहत कोषमा सहयोगदेखि कुमामोतोमा भूकम्प गएको बेला एनआरएनए जापानले गरेको सहयोगमा एनआरएनए क्युसुले देखाएको सक्रियतलगायत नेपाली समाजमा भईपरी आउने हरेक समस्या समाधानमा अग्रसर रहँदै आएको छु । विशेषगरी जापानमा अध्ययनरत विद्यार्थीहरुलाई उपेक्षा गरिंदै आएकोमा एनआरएनको सदस्यता दिलाउन गरिएको पहलले आज सार्थकता पाएको छ ।
विगतदेखि नेपाली समाजसँग जोडिएर काम गरिरहँदा थप इच्छाशक्ति, दृढता र प्रतिवद्धताका साथ अगाडि बढ्ने अठोट गरेको छु । यिनै गौरवशाली विगतलाई अझ सशक्तरुपमा निरन्तरता दिन यहाँहरुको माया र हौसलाले जापानबासी नेपालीको हक, हित र विविध समस्याहरुको समाधानमा काम गर्ने इच्छाशक्ति बढेको छ । यसर्थ, २०१९(२१ को एनआरएनए जापानको नेतृत्व गर्दै पूर्ण इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिवद्धताका साथ म अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न चाहन्छु । यसका लागि मेरा चुनावी एजेण्डा र प्रतिवद्धता बुँदागतरुपमा राख्न चाहन्छु !

१. व्यक्तिगत र संस्थागत तहमा इमान्दारिता र पारदर्शितालाई प्रवर्द्धन गर्ने ।
२. संस्थाको केन्द्रिकृत संरचनालाई विकेन्द्रिकृत गर्दै सार्वभौम सदस्यहरुको अधिकार र भूमिकालाई स्थापित गरेर प्रत्येक क्षेत्रमा अधिकारसम्पन्न क्षेत्रीय समितिको अवधारणालाई कार्यरुप दिने ।
३. संस्थागतरुपमा सहभागितामुलक लोकतन्त्रको अधिकतम् अभ्यास गर्दै प्रवासी नेपालीहरुको भावना, चाहना र आवश्यकताअनुसार संस्थालाई अगाडी बढाउने ।
४. १४ वटै क्षेत्रको विशेषता र मौलिकताको पहिचान र प्रवर्द्धन गर्न सबै क्षेत्रमा पालैपालो एनआरए जापानको नियमित बैठक राख्ने ।
५. वैधानिकरुपमा जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई एनआरएनएप्रतिको चासो र उत्साह जगाउँदै एनआरएनएमा समावेश गराउने, त्यसका लागि हाल भनेको एनआरएनएको सदस्यतालाई नवीकरण मात्र गर्ने प्रक्रियामा जाने
६. जापानमा सिकेका ज्ञान, सिप र धारणालाई मातृभूमि नेपालको विकास र समृद्धिको पक्षमा लगानी गर्ने वातावरण निर्माण गर्ने ।
७. संस्थागत विकास र सदस्यहरुको चौतर्फी हित प्रवर्द्धन गर्नेगरी बहुपक्षीय साझेदारीमार्फत् संस्थागत क्रियाशिलतालाई अभिवृद्धि गर्ने ।
८. संस्थाको हालसम्मको गतिविधिको समीक्षा गरी सकरात्मक कामहरुलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने र संस्थाको घोषित उद्देश्य हासिल गर्नको लागि आवश्यक रणनीति र कार्यनीतिहरुको तय गर्दै त्यसलाई अधिकतम् कार्यान्वयन गर्ने ।
आदरणीय सम्पूर्ण जापानबासी अग्रज बुद्धिजिवी वर्ग, विभिन्न संघसंस्थामा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न पेशामा आवद्ध प्रवासी नेपाली मित्रहरु, उज्जवल भविष्यका लागि जापानमा अध्ययन गर्दै गर्नुहुने विद्यार्थी तथा सम्पूर्ण एनआरएनए अभियान्ताहरु,
लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आइरहेको मलाई विभिन्न संघसंस्था र एनआरएनको विभिन्न जिम्मेवारीमा विश्वास गरी निर्वाचित गर्नुभएकोमा म यहाँहरुप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछु । तपाईहरुको माया, साथ, सहयोग र प्रेरणाले गर्दा म आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्षम रहेको कुरा एनआरएनए अभियन्ता र तमाम जापानबासी नेपालीहरुमा अवगत नै छ ।
एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपाली संघ, जापान (२०२१) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । सधैंझै यसपटक पनि सम्पूर्ण अग्रज एवम् साथीहरुको साथ र समर्थनको अपेक्षा राखेको छु ।
धन्यवाद । जय एनआरएनए !

२० श्रावण २०७६, सोमबार १०:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस