|  

ग्रिल तथा स्टिल व्यवसायी सँघ धादिङको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा रमेश प्रसाद आचार्य निर्वाचित

३२ जेष्ठ २०७६, शनिबार २०:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी ।
धादिङ जिल्लामा रहेर ग्रिल, स्टिल तथा आल्मुनियम सवद्ध व्यवसायीहरुको पहिलो अधिवेशन आज गजुरी गाउँपालिकाको घाटवेशीमा सम्पन्न भएको छ । सम्पन्न भेलाले धुनिवेशी नगरपालिका स्थित धार्केमा रहेको धुनिवेशी आल्मुनियम एण्ड स्टिल वर्कशपका संचालक रमेश आचार्य संघको अध्यक्षमा सर्वसम्वत रुपमा निर्वाचित भएका हुन् ।
उक्त भेलाबाट संघको उपाध्यक्षमा सिता दुवाडी खनाल र ईश्वर श्रेष्ठ, महासचिवमा दिपक कँडेल, सचिवमा राजन थापा र कोषाध्यक्षमा विनेश तामाङ निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा रामशरण पन्त, गणेश श्रेष्ठ,सफल कुँवर, दिपक खड्का, नरेन्द्र बटुवाल, रेखमान तामाङ, रामकृष्ण सुनार, अर्जुन अधिकारी र यादव वि.क.निर्वाचित भएका छन् ।
केही समय अघि मात्र तदर्थ समिती गठन गरको भएता पनि आज संघलाई पूर्णता दिएको नव निर्वाचित अध्यक्ष आचार्यले बताउनु भयो ।
तदर्थ समितीका संयोजक रमेश प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासँघका केन्द्रिय उपाध्यक्ष लिला बहादुर खड्काको प्रमुख आतित्थ्यता, गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको विशेष आतित्थ्ता रहेको थियो भने जिफन्ट धादिङका संस्थापक अध्यक्ष सुरेश आचार्य, धादिङ उद्योग वाणिज्य संघका प्रतिनिधी र अन्य सरोकारवाला निकायको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले व्यवसायमा देखिएको समस्या, मुल्य निर्धारण लगायका विषयमा आफ्नो धारणा राखेका थिए ।

३२ जेष्ठ २०७६, शनिबार २०:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस