|  

घर घरमा खानेपानी आए पछि सिद्दलेक आदामारा बासिमा खुसियाली

८ चैत्र २०७७, आईतवार ०६:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक/धादिङ
साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ अादामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर मगरको अध्यक्षता तथा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख अातिथ्य र उपाध्यक्ष कमला शर्माको बिशेष अातिथ्यतामा खानेपानी योजनाको स्वामित्व हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रमका उपस्थित स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि अादामनराबासीले खुशीयाली मनाएका छन् । शनिबार सम्पन्न योजनाको स्वामित्व हस्तान्तरण कार्यक्रममा सिद्धलेक गापा वडा नं ४ का वडाध्यक्ष रामहरि बराकोटी,वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद थपलिया ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष बिपिना मगर ,सचिव वीर बहादुर श्रेष्ठ ,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि, चापडी र परेवाटार खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे।पुर्णिामा कार्यक्रम अन्तरगत अक्सफामको सहयोग प्रयास नेपाल धादिङले संचालन गरेको योजनाबाट ४२ घर-घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको १३ लाख ८१ हजार १ सय ४२ रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख ७ हजार २ सय ५० रुपैया समेत गरि १८ लाख ८८ हजार ४ सय २ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । स्थानीय उपभोक्ता माया मगरले पहिले खोलाको धमिलो डोको बोकेर ल्याएको पानी खानु पर्ने अवस्था थियोे अहिले घरघरमा २४ सै घण्टा पानीको सुविधा भएको बताउनु भयो । घर घरमा खानेपानी पछि अब अादामारा गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै अध्यक्ष भक्त बहादुर मगरले प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी अाएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो ८१ बर्षिय बृद्धा लोक बहादुर मगरले बताउनु भयो । कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल ,बिशेष अतिथि उपाध्यक्ष कमला शर्मा,वडाध्यक्ष रामहरि बराकोटी लगायतले गाउँपालिकाको सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार स्थानीय विकास साझेदार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा अादामारागाउँमा खानेपानी योजना संचालन गरेको बताउनु भयो । घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको सिद्धलेक ४ अादामाराबाट प्रयास नेपाल धादिङ सामुदायिक सहजकर्ता गोबिन्द बिडारीले जानकारी दिनु भयो ।

८ चैत्र २०७७, आईतवार ०६:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस