|  

घर घरमा खानेपानी पानी आए पछि परेवाटारबासीमा खुशीयाली

१२ पुष २०७७, आईतवार ०५:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/सिद्दलेक
परेवाटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गापा वडा नं ६ धादिङले खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।सार्वजनिक सुनुवाइ कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष केशव थपलिया अध्यक्षता तथा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रमुख अातिथ्यमा भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सिद्धलेक गापा वडा नं ४ र ६ का वडाध्यक्ष,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,सचिव वीर बहादुर श्रेष्ठ ,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे । अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ९२ घर-घरमा धारा र १ वटा बिद्यालय ,१ स्थाई प्रहरी बिट,१ सामुदायिक हलमा गरि ९५ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको ७२ लाख ३६ हजार ४ सय ७२ रुपैया सिद्धलेक गाउँ पालिकाको ७ लाख रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ३८ लाख १४ हजार ३ सय ७२ रुपैया समेत गरि १ करोड १७ लाख ५० हजार ८ सय ४४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । स्थानीय उपभोक्ता बिन्दा बिसुन्केले पहिलो डोको बोकेर घण्टौसम्म पानीको लागि समय दिनु पर्ने थियोे भने अहिले परेवाटार गाउँको सबै घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्थाले ज्यादै खुशी रहेको बताउनु भयो । पानी भर्न जाँदा दलित भएको कारण हेपिनु चेपिनु परेकोमा घरघरमा धारामा पानी पाउँदा हामी दलितलाई सहयोग गर्ने पनि संस्था रहेछ भन्दै अाफ्नो अतितका भोगाइ सुनाउनु भएको थियो । बिन्दा बिसुन्के मात्रै हैन उनिसँगै परेवाटारका ६७ बर्षिय नीर बहादुर माझी घरअाँगनमा नै भगवान अाए जस्तो भएको सुनाउँदै सुनाउछन् । दुबै अाँखा नदेख्ने माझीले पहिले हिलो धमिलो पानीले दैनिकी गुजारा गर्नु पर्ने थियो अहिले संस्थाको साथ सहयोगमा खानेपानी समितिले कुनै शुल्क नलिई घरमा नै धारा जडान गरि दिनु भए पछ अहिले त हामी जस्तो अशक्तलाई धेरै सजिलो भएको बताउनु भयो । घर घरमा खानेपानी पछि अब परेवाटार गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै परेवाटारको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको सुरेन्द्र मगरले बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी अाएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलोमा खुशी भएको ८९ बर्षिय ज्ञानमाया थपलियाले बताउनु भयो । कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि गापा अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाले सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपालसँग समन्वय तथा सहकार्यमा परेवाटारमा खानेपानी योजना संचालन गरेको बताउनु भयो । परेवाटार खानेपानी योजनामा गापाबाट पनि ७ लाख रकम लगानी गरिएको बताउँदै अध्यक्ष सिलवालले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको परेवाटारबाट प्रयास नेपालका रेनुका रुपाखेतिले जानकारी दिनु भयो।

१२ पुष २०७७, आईतवार ०५:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस