|  

जन्म दिनको अवशरमा वडाध्यक्ष अर्जुन भुजेलले गरे माओवादी केन्द्रको भवन निर्माणमा ५१ हजार सहयोग

६ भाद्र २०७८, आईतवार १८:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य एवं गजुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जुन बहादुर भुजेल मगरले माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि सहयोग गरेका छन् । आईतवार जन्म दिनको अवशर पारेर नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं गजुरी गाउँ पार्टी इञ्चार्ज तारा भण्डारी मार्फत एकाउन्न हजार एक सय एघार रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

केहि महिना पहिला जिल्ला कमिटीले पार्टी कार्यालय भवन निमार्ण गर्ने निर्णय गरे सँगै धादिङबेसी स्थित रायटारमा जग्गाखरीद सँगै पार्टी कार्यालय भवन बनाउन विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुट्दै आएको छ ।

६ भाद्र २०७८, आईतवार १८:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस