|  

टुकी नेपालद्वारा धादिङमाा कार्यरत अनलाईन पत्रकारहरुको लागि मास्क र सेनिटाईजनर प्रदान

१५ जेष्ठ २०७८, शनिबार ०८:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जेष्ठ १५ । टुकी नेपालले धादिङ जिल्लामा कार्यालय संचालनमा रहि संचालनमा आएका अनलाईनहरुको संस्था डिजिटल मिडिया नेटवर्क ९डीएमएन० धादिङलाई मास्क र सेनिटाईजनर प्रदान गरेको छ ।

टुकी नेपालले डीएमएन धादिङलाई सेनिटाईजर ९५०० एमएलको १० वटा आफिसको लागि र १२० एमएलको पत्रकारका लागि० मास्क ३० जना पत्रकारका लागि ५० पिस रहेको ३० वटा वक्स प्रदान गरेको हो । यसमा

टुकी नेपालका अध्यक्ष एवम् धादिङ ज्यामरुङ निवासी समाजसेवी कमल सापकोटाले धादिङका अनलाईन मिडिया हाउस र उक्त अनलाईनमा काम गर्ने पत्रकारहरुका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनु भयो ।

यस्तै टुकी नेपालले पत्रकार महासंघले संचालनमा ल्याएको आईशोलेसनको लागि २ सेट थर्मल गन, २ सेट अक्सिमिटर सहयोग गरेको छ ।

१५ जेष्ठ २०७८, शनिबार ०८:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस