|  

तरुण दल धादिङका सदस्य अजय भण्डारीद्वारा जन्म दिनको अवसरमा चेपाङ समुदायमा खाद्यान्न सहयोग

१० माघ २०७७, शनिबार ०९:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ

नेपाली काङ्ग्रेस निकट तरुण दल धादिङका सदस्य अजय भण्डारी द्वारा जन्म दिनको अवसरमा बेनिघाट राेराङ गाउँपालिका वडा नं.९ थान्सिङ्का २० घर चेपाङलाई खाद्यान्न सहयोग गर्नुभएको छ।शुक्रबार अार्थिक अवस्था कमजोर भएका थान्सिङ् बस्तीका २० घर चेपाङलाई १/१ बोरा चामल सहयोग गर्नुभएको थियोे ।२०४७ साल माघ ९ गते बुबा गाेकर्ण भण्डारी र आमा लक्ष्मी भण्डारीबाट जन्मिनु भएका तरुण नेता भण्डारी शालिन र भद्र हुनुहुन्छ ।जन्म दिनको अवसरमा ठुला होटलमा केक काँटेर पार्टी गर्ने संस्कारलाई मेटाउदै समुदाय स्तरमा सहयोग गरी समाज रुपान्तरणको दियो बन्न सम्पुर्ण युवाबर्गहरुलाई तरुण दल धादिङका नेता भण्डारीले आग्रह समेत गर्नुभएको छ।

१० माघ २०७७, शनिबार ०९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस