|  

तालिम केन्द्रलाई प्रदेश सरकारको पनि सहयोग हुन्छ- मन्त्री जम्कट्टेल

१४ श्रावण २०७७, बुधबार १३:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले कुरिनटारमा रहेको शसस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालीम शिक्षालय कुरिनटारको निरिक्षण गर्नु हुदै प्रदेश सरकारले आबाश्यक सहयोग गर्ने बताउनु भयो ।
आन्तरिक मामिला मन्त्री जम्कट्टेलले शसस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालीम शिक्षालय कुरिनटारको निरिक्षण गर्नु भयो ।
निरीक्षणको क्रममा शसस्त्र प्रहरी बरिस्ठ उपरीक्षक कालिदास धौबजीले श्रोत साधनको कमि छ, प्रदेश सरकारले पनि सहयोग गरिदिनु हुन आग्रह गर्नुभयो । श्रोत साधनको कमि भए पनि विपद व्यवस्थापनमा शसस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताए ।
मन्त्री जम्कट्टेलले शसस्त्र प्रहरी बल नेपाल केन्द्र मातहत भए पनि राज्यकै सम्पत्ति भएकोले प्रदेश बिपद व्यवस्थापनको तर्फबाट आवाश्यक सामाग्रीहरु सहयोग गर्ने बताउनु हुँदै अहिले बिपदको समय भएको हुनाले सम्पुर्ण तयारी साथ रहन निर्देशन दिनु भयो ।

१४ श्रावण २०७७, बुधबार १३:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस