|  

दशैंको अवशरमा धादिङको साविक तसर्पू गाविस स्तरिय फुटबल प्रतियोगिता सम्पन्न

२५ आश्विन २०७८, सोमबार २१:३३ प्रकाशित
प्रदेशहब संवादाता

निर्देश अर्याल


२०७८ सालको बिजयादशमीको शुभ अवसरमा खेलकुद विकास समिति थाक्रे-४ ले आयोजना गरेको साविक तसर्पु गाविस,थाक्रे गाउँपालिका वडा नं ४ र ५ स्तरीय मैत्रीपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ। असोज २० गते देखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो। लिग प्रणाली अन्तर्गत सञ्चालन गरिएको खेलमा स्याउरी टिम ठुलो तसर्पु प्रथम, देवाली छाप युवा क्लब द्वितीय र बाईरोड युवा क्लबले तृतिय स्थान हासिल गरेको छ। प्रथम हुने टिमलाई ट्रफी,मेडल, प्रमाण पत्र र नगद रु ३३,३३३/- द्वितीय हुने टिमलाई नगद रु २२,२२२/- ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु ११,१११/- समापन कार्यक्रमको प्रमुख अतिथि प्रताप सिंह तामाङ र विशेष अतिथि दिपक लामिछाने सुबोध र बिकास कार्की मार्फत प्रदान गरिएको प्रतियोगिता आयोजक समितिको अध्यक्ष सुबिन्द्र लोप्चन तामाङले जानकारी दिनुभएको छ। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट टिमको कोच हरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम समापन समारोहमा बिभिन्न खालको सास्कृतिक कार्यक्रम शुभकामना मन्तव्य, बिजयादशमीको शुभकामना आदानप्रदान गरिएको आयोजक टिमले जनाएको छ।

२५ आश्विन २०७८, सोमबार २१:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस