|  

दुई/चार जना चोइटिएर जाँदैमा एमाले पार्टीलाई फरक पर्दैन : ईश्वर पोखरेल

२७ भाद्र २०७८, आईतवार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका छन् ।

एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका हुन् ।

उनले एमालेले मुलुभर नै २०७५ जेष्ठ २ गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे । उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुई/चार जना चोइटिएर जाँदैमा कुनै फरक नपर्ने जिकिर गरे ।

पोखरेलले विभाजनमा जाने माधव नेपालको कदम दुर्भाग्य रहेको बताए । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे ।

कार्यक्रममा दोलखा–काठमाडौँ सम्पर्क मञ्चका पदाधिकारीलाई शपथ ग्रहण गराइएको थियो ।

२७ भाद्र २०७८, आईतवार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस