|  

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरे – पौडेल

२८ भाद्र २०७८, सोमबार २०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्। कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिए।

पौडेलले भने, ‘देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस देउवाले गर्न खोजेका छन्। त्यो दूस्साहस हो। हामी हुन दिँदैनौं। कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौं।’ पौडेलले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। उनले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए।

उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरे। , ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ। हामी यसलाई मान्दैनौं। हामी त्यसको विरूद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम, जो भएको छ। हामी त्यसको विरोध गर्न चाहन्छौं।’

२८ भाद्र २०७८, सोमबार २०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस