|  

देशभरका उद्योगहरु संचालनमा आए पनि धादिङका क्रसर उद्योगहरु संचालनमा आउन सकेन

१४ जेष्ठ २०७७, बुधबार ०९:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल सरकारले देशभरका उद्योगहरु सुरक्षा सतर्कता अपनाउँदै संचालन गर्न दिएको धेरै दिन भयो । देशभरका अन्य उद्योगहरु विगतका दिनहरु देखि संचालनमा आई रहेता पनि धादिङ जिल्लामा संचालनमा रहेका क्रसर तथा खानी र वालुवा प्रशोधन उद्योगहरु भने चल्न सकेको छैन । विभिन्न कारण देखाउँदै जिल्ला प्रशासन कार्यलय धादिङले उद्योगहरु संचालन गर्न नदिएको व्यवसायीहरुले बताउने गरेका छन् ।

कोभिड १९, अर्थात कोरोनाको महामारीले गर्दा देश लकडाउनमा छ । देश पुरै लकडाउनमा भए पनि शुरक्षा सतर्कता अपनाउँदै उद्योगहरु संचालन गर्न दिने सरकारले निर्णय गरेको भएता पनि धादिङमा भने खानिजन्य उद्योगहरु संचालनमा आउन सकेका छैनन् । बागमती प्रदेश भित्रका चितवन, मकवानपुर,ललितपुर,सिन्धुपाल्चोक,दोलखा,रामेछाप,सिन्धुली र काभ्रे लगायतका जिल्लाहरुमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु संचालनमा आए पनि धादिङ जिल्लामा संचालनमा नआएकोमा नेपाल क्रसर तथा खानी व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष गणेशलाल श्रेष्ठले दुःख व्यक्त गर्नु भयो । लामो समय देखिको लकडाउनको कारण व्यवसायी तथा मजदुरहरु मर्कामा परेको भन्दै यथासिध्र संचालन गर्न पाउनु पर्ने माग गर्नु भयो । जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समिती र सरोकारवालाहरु सँग पटक पटक कुरा राख्दा पनि वेवास्था गरिएको अध्यक्ष श्रेष्ठले प्रदेश हवलाई बताउनु भयो ।

नेपाल सरकार मन्त्री परिषद्ले गरेको निणर्य रोक्न नमिल्ने बताउँदै सरकारले तोके बमोजिम उद्योग संचालन गर्न पाउनु पर्ने व्यवसायीहरुको माग रहेको छ ।

१४ जेष्ठ २०७७, बुधबार ०९:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस