|  

देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

१३ बैशाख २०७८, सोमबार २२:२८ प्रकाशित


सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र -सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

 

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ । उपत्यकाकामा निशेषज्ञा जारी भइरहेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा छ । मोरङ, पर्सा, कास्की, दाङ र रुपन्देहीमा पनि संक्रिय संक्रमितको संख्या ५०० बढी छ भने कैलालीमा ४५८ र चितवनमा ४८८ छन् ।

©onlineKhabar

१३ बैशाख २०७८, सोमबार २२:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस