|  

धादिङमा आर्थिक वर्ष ०७७/७८ मा ९६ करोड रकम फ्रिज

१३ श्रावण २०७८, बुधबार २१:४४ प्रकाशित
बाबुराम श्रेष्ठ/धादिङ

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लामा आर्थिक वर्ष ०७७/७८ मा रु ९६ करोड २६ लाख १८ हजार ६ सय ४ रुपैयाँ रकम फ्रिज भएको छ । कोष तथा नियन्त्रण कार्यालय धादिङका अनुसार बिकास निर्माण कार्य देखि कुनै पनि शिर्षकमा खर्च गर्न नसकेपछि ठुलो रकम फ्रिज भएको हो ।

संघीय सरकारका कार्यालय, स्थानीय सरकारका कार्यालय र प्रदेश सरकारको काम गर्न स्थापना गरिएका कार्यालयहरुले वर्षको अन्त्यसम्म पनि काम निर्धारित कार्यक्रमहरु संचालन गर्न नसकेपछि सो रकम संघीय सरकार र प्रदेश सरकारमै फिर्ता फ्रिज भएको छ ।

जिल्लामा संघ र प्रदेश सरकारले ३ अर्व २२ करोट १६ लाख ४७ हजार ६ सय १ रुपैयाँ पूँजीगत विकास बजेट खर्चका बजेट व्यवस्थापन गरेकोमा २ अर्ब २५ करोड ९० लाख २८ हजार ९ सय ९७ रुपैयाँ जिल्लाका कार्यालयहरुमा विकास बजेट खर्च गर्न निकासा पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङका कोष नियन्त्रक तथा सूचना अधिकारी बिपिन बस्नेतले बताउनु भयो ।

गत आर्थिक वर्षमा चालु र पूँजीगत गरि १ अर्ब ५५ करोड ७६ लाख ८४ हजार ७ सय ६७ रुपैयाँ रकम फिर्ता भएको छ । संघीय सरकार र प्रदेश सरकारले चालु र पूँजीगत गरि १३ अर्ब ९९ करोड ८९ लाख ६५ हजार २ सय ४८ रुपैयाँ बजेट व्यवस्थापन गरेकोमा १२ अर्ब ४४ करोड १२ लाख ८० हजार ४ सय ८१ रुपैयाँ खर्च गर्न जिल्लाका सरकारी कार्यालयहरुमा निकाशा पठाएको छ ।

कोष नियन्त्रण कार्यालय मार्फत संघीय सरकार र प्रदेश सरकारले रकम पठाउने गर्दछ । जिल्लाका २८ ओटा संघीय कार्यालय, १३ ओटा प्रदेश कार्यालय र १३ स्थानीय तहमा बजेट निकासाको काम कोष तथा नियन्त्रण कार्यालयले गर्ने गर्दछ ।

धादिङ जिल्लामा आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकार अन्तर्गतका कार्यालयहरुबाट १ अर्व ५५ करोड ९१ लाख ८८ हजार ९ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ भने प्रदेश अन्तर्गत कार्यालयहरुबाट २२ करोड ४४ लाख ९२ हजार १ रुपैयाँ राजश्व संकलन भएको कोष तथा नियन्त्रण कार्यालय धादिङले जनाएको छ ।

१३ श्रावण २०७८, बुधबार २१:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस