|  

धादिङमा बन्न लागेको क्रिकेट रङ्गशालाले गति लियो

२२ बैशाख २०७७, सोमबार २०:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको बेनीघाट रोराङमा बन्न लागेको क्रिकेट रंगशाला निमार्णले गति लिएको छ । खेलकुद क्षेत्रलाई बिश्वस्तरसम्म पुराउने अभिप्रायले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बाहुनटारमा १५ करोड लगानी रहने डिपिआर रहेको क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । संघीय सरकार तथा बेनिघाट रोराङ गाउँपालिकाको साझेदारीमा रंगशाला निर्माणका लागी यस वर्ष रु. ५० लाख विनियोजन भएको क्रिकेट अभियान्ता, बेनिघाट रोराङ ५ का खेलकुद संयोजक तथा निर्माण समितीका अनुगमन सदस्य दिपेश कँडेलले बताएका छन् । गत सोमबार कृष्णराम कँडेलको अध्यक्षतामा निर्मार्ण उपभोक्ता समिति गठनसँगै काम तिब्र रुपमा अगाडी बढेको र रंगशाला निर्माणमा आबश्यक सामाग्रीको कोटेशन माग गरिएको कँडेलले बताए ।

२२ बैशाख २०७७, सोमबार २०:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस