|  

धादिङमा बुधबारदेखी विद्युत आपूर्ती बन्द हुँदा नागरिकहरुको दैनिक कार्य सम्पादनमा समस्या

५ चैत्र २०७७, बिहीबार २१:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ चैत्र ५/२०७७

धादिङमा बुधबार ३ बजेदेखी अवरुद्ध भएको विद्युत आपूर्ती अहिले सम्म सुचारु हुन सकेको छैन ।

नुवाकोटको बुद्धसिंहघाटमा सडक बिस्तारको क्रममा माथि भिरबाट सुख्खा पहिरो गएर ३३ के.भी प्रशारण लाईनको पोल लडेपछि विद्युत आपूर्ती बन्द हुन पुगेको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

ढलेको पोल गाड्ने विषयमा स्थानियवासी र प्राधिकरणका विच छलफल भईरहेको भएपनि सहमती हुन नसक्दा विद्युत आपूर्ती अनिश्चत बनेको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले भने स्थानियसँग सहमती भईसकेको र पोल गाडेपछि विद्युत आपूर्ती सुचारु हुने जनाएको छ । तर पोल गाड्न भने अझै केही समय लाग्ने धादिङ वितरण केन्द्रले जनाएको छ ।

बुधबारदेखी विद्युत आपूर्ती बन्द हुँदा नागरिकहरुको दैनिक कार्य सम्पदानमा समस्या भएको छ ।

५ चैत्र २०७७, बिहीबार २१:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस