|  

धुनिवेशी नगरपालिका काँग्रेस सभापतीमा सुरज उप्रेती निर्वाचित

९ आश्विन २०७८, शनिबार १८:४५ प्रकाशित
प्रदेशहब संवादाता

रोशन नेपाल


नेपाली काँग्रेस धुनिवेशि नगर समितिको सभापतीमा सुरज उप्रेती निर्वाचित भएका छन् । शनिवार सम्पन्न नगर अधिवेशनले सभापतीमा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको हो ।जिल्लाको  १३ वटै स्थानी तहमा भएको आजको पालिका अधिवेशनमा अहिले सम्म गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिका र धुनिवेशी नगरपालिकामा निर्विरोध सभापति निर्वाचित भएका हुन् ।धुनिवेशि नगरपालिका समितीमा सभापतिः सुरज उप्रेती
उपसभापतिः माधव प्रशाद सिलवाल
उपसभापतिः नारायण श्रेष्ठ
सचिवः बिनोद कुमार भट्ट
सचिवः अमृत तामाङ
सहसचिवः मनोज बस्नेत
सहसचिवः धर्मराज खकुरेल निर्वाचित भएका छन् ।

९ आश्विन २०७८, शनिबार १८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस