|  

नयाँ पार्टी गठन गर्ने नेत्री झाक्रीको  उद्घोष       

१६ श्रावण २०७८, शनिबार १६:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 काठमाडौ  । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाल्कोटको बार्दलीमा पुग्नु उनकै कारण भएको बताएकी छन् । आज काठमाडौँस्थित कार्की ब्यांक्वेटमा भएको अखिल फोर्स गठनको बृहत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्री अब १० बुँदे सहमतिले एमाले एकता हुन नसक्ने बताएकी छन् । उनले आफूहरूलाई असफल बनाउनका लागि केही नेताहरूले पार्टी एकीकरण गर्ने बताउँदै सुरुमा एकै ठाउँमा बसेर माग गरेको एजेण्डाबाट पछि हटेको आरोप लगाएकी छन् ।

उनले नयाँ पार्टी बन्ने उद्घोष गर्दै आगामी दिनमा सबै जना संगठित हुनु पर्ने बताएकी छन् । उनले भनिन्, ‘हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ, पार्टीको नाम के हुन्छ भन्ने होइन्, हामी कस्तो धरातलमा उभिएका छौँ भन्ने प्रमुख कुरा हो ।’

पार्टी एकता भए देशको राजनीति अवस्थालाई यहाँसम्म ल्याउने पात्रहरू पार्टीबाट बाहिर हुनु पर्ने नेत्री झाँक्रीले बताइन् ।

१६ श्रावण २०७८, शनिबार १६:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस