|  

नीति तथा कार्यक्रम कुनै साहित्यकारले लेखेको सब्दजाल – शालिकराम जम्कट्टेल

२७ जेष्ठ २०७८, बिहीबार १८:०५ प्रकाशित
प्रदेशहब संवादाता

लोक बहादुर गुरुङ


जेठ २७ मकवानपुर, हेटौंडा ।
बागमती प्रदेश सभामा आज प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाइलेले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
मुख्य विपक्ष दलका नेता शालिकराम जम्कट्टेलले पत्रकारहरुसग कुरा गर्दै यो नीति तथा कार्यक्रम एउटा साहित्यकारले लेखेको निबन्ध भन्नेकी कविता त्यसमा विभिन्न सब्दजाल बाहेक ठोस कुराहरू छैन प्रदेश बासिको आशा अपेक्षा यस नीति कार्यक्रमले सम्बोधन गर्न सक्दैन यो सरकारले सक्दैन भन्ने निष्कर्ष रहेको बताए ।
सुरुङ्गमार्ग पनि आयो नि भन्ने पत्रकारको प्रश्नमा सुरुङ्ग मार्गको औचित्य छैन हामिले तथ्य सहित भनेका छौ यसको दुई तीन वटा महत्त्वपूर्ण कुराहरु छन हामीले संघीय सरकारले निजि कम्पनी लाई दिएको र जनताको करोडौं लगानी परेको छ त्यसमा प्रदेश सरकारले व्यवास्था गरेको हेटौंडा नजिक फास्ट ट्रयाक परेकोले कानूनी जनताको लगानी परेको र सुबिधाको हिसाबले पनि अहिले उपयुक्त नभएको बताए ।

२७ जेष्ठ २०७८, बिहीबार १८:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस