|  

नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगायो

२२ आश्विन २०७८, शुक्रबार ०९:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले पाएको चारवट मन्त्रालयमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पठाउने भएको छ । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्री बनाउन लागिएको छ । खतिवडालाई सहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । राज्यमन्त्री खापुङको भने मन्त्रालय टुंगिन बाँकी रहेको बताइएको छ ।

२२ आश्विन २०७८, शुक्रबार ०९:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस