|  

नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने

१७ श्रावण २०७८, आईतवार ०९:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं– शनिबारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे बस्ने तुलसीलाल स्मृति प्रतिष्ठानमा गरी बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए।

बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ।

यसअघि शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष  सहभागी थिएन।

१७ श्रावण २०७८, आईतवार ०९:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस