|  

नेकपा धादिङका सात केन्द्रिय सदस्य पार्टी एकताको पक्षमा सक्रिय

१२ श्रावण २०७७, सोमबार २०:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका सात केन्द्रिय सदस्यले पार्टी एकताको लागि सक्रिय भएका छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेकपा धादिङका इञ्चार्ज शालिकराम जम्कटेलको पहलमा धादिङ जिल्लाका केन्द्रिय सदस्यहरुको बैठक काठमाण्डौंमा भएको बुझिएको छ । नेकपाका केन्द्रिय सदस्य शालिकराम जम्कटेल, राजेन्द्र प्रसाद पाण्डे, पुष्प विक्रम मल्ल, कल्पना धमला, , गंगालाल तुलाधर, विष्णु पुकार श्रेष्ठ, ओम शर्मा पार्टी एकताको लागि सक्रिय भएका छन् ।
काठमाण्डौंमा भएको विषेश क्षलफलमा पार्टी एक ढिक्का हुनु पर्ने, विभाजन नस्वीकार्ने, पार्टीलाई विधि र प्रकृयामाा चलाउनु पर्ने, पार्टीको निणर्य सबैले मान्नु पर्ने, पार्टीलाई यो अवस्थामा पु¥याउनको निम्ती जहाँबाट समस्या शुरु भएको छ त्यही बिन्दुबाट समाधान खोज्नु पर्ने, पार्टी एकता जोगाउन प्रधानमन्त्री नै बढी जिम्मेवार हुनु पर्ने, जस्ता निर्णय भएको नेकपाका एक नेताले बताए । गुटगत क्रियाकलाप लाई तत्काल बन्द गरि पार्टी विधि र प्रक्रियाबाट चलाउनु पर्ने, पार्टीको निणर्य सबैले मान्नु पर्ने पनि उहाँले बताउनु भयो ।
उहाँका अनुसार पार्टी एकता बचाउनको लागि “पार्टी यो अवस्थामा किन आयो ?, दुई वर्ष सम्म पनि पार्टी एकता किन टुंगिन सकेन ?, सरकारले जन अपेक्षा अनुसार किन काम गर्न सकेन ? ” अब पार्टी र सरकार दुबैको समिक्षा गर्ने बेला आएको बताउनु भयो ।
नेकपा धादिङका इञ्चार्ज शालिकराम जम्कटेलले नेकपा धादिङ कहिल्यौ पनि फुटको पक्षमा नभएको भन्दै पार्टी एकता जोगाउन चरण चरणमा छलफल गर्दै आएको बताउनु भयो । यो छलफललाई निरन्तरता दिने पनि उहाँले बताउनु भयो ।

१२ श्रावण २०७७, सोमबार २०:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस