|  

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा बस्दै

३१ श्रावण २०७९, मंगलवार ०८:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । यस्तै बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । भट्टराई माओवादीको चुनाव चिह्नबाट लड्ने प्रस्ताव बैठकले अनुमोदन गरे सोहीअनुसार निर्वाचन आयोगमा जाने नेताहरुको तयारी छ ।
यस्तै नागरिकता विधेयकलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिएपनि बैठक मंगलबारका लागि सारिएको थियो ।

३१ श्रावण २०७९, मंगलवार ०८:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस