|  

नेपालमा पनि अब डिएसआर मल्टिमिडिया

१३ माघ २०७७, मंगलवार १८:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अन्तरास्ट्रिय विज्ञापन एजेन्सीको रुपमा परिचित डिएसआर मल्टिमिडिया लिमिटेडले नेपालमा पनि आफ्नो शाखा शुभारम्भ गरेको छ। संयुक्त राज्य अमेरिकामा मुख्य कार्यालय रहेर बहुरास्ट्रिय रुपमा व्यापार,व्यावसाय र सेवाको रचनात्मक बिज्ञापन गर्दै आइरहेको डिएसआर मल्टिमिडिया लिमिटेडले पहिलो पटक नेपालमा सेवा शुभारम्भ घोषणा गरेको हो।

सोमबार एक कार्यक्रम बिच शुभारम्भको घोषणा गरेको डिएसआर मल्टिमिडियाले व्यापार,व्यावसाय र आफ्नो ब्राण्ड लाई आम ग्राहकहरु बिच परिचित गराउन पृथक ढंगले बिज्ञापनको उत्पादन,प्रकाशन तथा प्रशारण गरि उल्लेखनीय योगदान गर्नेमा संचालकको दाबी छ।

नेपाली बजारमा डिजिटल बिज्ञापनको आकर्षण लाई मध्यनजर गर्दै शहरको विभिन्न ठाउँमा डिजिटल डिस्प्लेमा उत्पादित ब्राण्डहरुको रचनात्मक बिज्ञापन प्रशारण गर्दै आइरहेको डिएसआरले ट्याक्सी व्यावसायि र चालक सहितको सुरक्षाको प्रत्याभुती सङै ट्याक्सीमा ट्याब जडान गरि आम यात्रु माझ व्यवसाय र ब्राण्डलाई परिचित गराउने छ।

अमेरिका सहित बिर्ट्रेन,माल्दिभ्स,दुबई,तथा पाकिस्तानमा समेत आफ्नो सेवालाई बिस्तार गरि ग्राहक बाट पाएको विश्वास र हौसला लाई मध्यनजर गर्दै नेपालमा पनि शुभारम्भ गरेको डिएसआर मल्टिमिडियाका प्रबन्ध निर्देशक मोहना मोथे खनालले बताउनु भयो ।

खनालका अनुसार विभिन्न ब्राण्डलाई डिजिटल डिस्प्ले तथा ट्याबलेट मार्फत ग्राहक पहिचान गरि लक्षितवर्ग सम्म पुर्याउन रचनात्मक बिज्ञापन प्लेटफर्म नेपालकै सन्दर्भमा पहिलो बिज्ञान एजेन्सी हो।

कम्पनी र ब्राण्डको आवश्यकता र बजेट अनुरुप आफ्नो बिज्ञापन गर्न सकिने भएकाले नेपालमै सबै भन्दा राम्रो र रोजाईको एजेन्सीको रुपमा स्थापित हुनेमा आफुहरु प्रतिबद्ध रहेको पनि निर्देशक खनालले दाबी छ।

मध्यपुर ठिमी नगरपालिकाको उप-प्रमुख अन्जना देवी मधिकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ घोषणा कार्यक्रममा सम्बद्ध विविध क्षेत्रको व्यक्तिहरुको उपस्थिति रहेको थियो।

१३ माघ २०७७, मंगलवार १८:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस