|  

नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिमा  रामनाथ अधिकारी विजयी

१३ मंसिर २०७८, सोमबार ०६:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिमा  रामनाथ अधिकारी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारीबीच मतदान भएको थियो ।

ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो । अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं. २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । त्यसपछि क्रमश भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी र डा. राजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । ३ जना यसअघि नै निर्विरोध भएका थिए । निर्वाचन समितिले भने घोषण गरिसकेको छैन ।

१३ मंसिर २०७८, सोमबार ०६:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस