|  

नेपाल क्रसर तथा खानी व्यवसायी महासंघ ३ नं. प्रदेश समितीको अध्यक्षमा गणेशलाल श्रेष्ठ निर्वाचित

२६ पुष २०७६, शनिबार १९:११ प्रकाशित
Rajan Adhikari

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शनिवार काठमाण्डौंमा सम्पन्न नेपाल क्रसर तथा खानी व्यवसायी महासंघ ३ नं. प्रदेश समितीको अध्यक्षमा धादिङका गणेशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

३ नं. प्रदेश भित्र रहेका क्रसर तथा खानी व्यसायीहरुको भेलाले महासंघको उपाध्यक्षमा ललितपुरका विरेन्द्र महर्जन, सचिवमा सिन्धुपाल्चोकका रोशन गिरी, कोषाध्यक्षमा सिन्धुलीका कृष्णराज दाहाल सहित १३ सदस्यिय प्रदेश समिती निर्विरोध निर्वाचित भएका हुन् । जसको सदस्यहरुमा धादिङका शिब प्रसाद रेग्मी, काभ्रेका भरत प्रसाद सापकोटा,चितवनका सरोज कुंबर,मकवानपुरका शंकर न्यौपाने,ललितपुरका मदुसुधन डोटेल, रामेछापका वद्री कुमार श्रेष्ठ, काभ्रेका धनध्वज तामाङ, नुवाकोटका सिव प्रसाद अधिकारी र सिन्धुपाल्चोकका तुलसी नेपाल निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीका निवर्तमान अध्यक्ष हुन् । सामाजिक रुपमा पनि छुट्टै छवि बनाएका श्रेष्ठको नेतृत्वले महासंघलाई गति दिने व्यवसायीहरुले विस्वास व्यक्त गरेका छन् ।

२६ पुष २०७६, शनिबार १९:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस