|  

नेपाल पोल्ट्री व्यवसायी भलाई संघको बनभोज तथा अन्र्तक्रिया कार्यक्रम रसुवामा सम्पन्न

२६ जेष्ठ २०७६, आईतवार ०९:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी/रसुवा
नेपाल पोल्ट्री व्यवसायी भलाई संघको बनभोग तथा अन्र्तक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । रसुवा जिल्लाको कालिका गाउँपालिका २ स्याउबारीमा कार्यक्रम सम्पन्न भएको हो । धादिङ, नुवाकोट र रसुवाको पोल्ट्री व्यवसायीहरु सम्मिलित सँघको उक्त कार्यक्रममा बोल्दै साँसद तथा कार्यक्रमका प्रमुख अतिथी हिरानाथ खतिवडाले नेपालको एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री रहेकाले यसको विकास, विस्तार र सम्भावनाको लागि सरकारले ध्यान दिएको बताए । यसको विकासको लागि आफ्नो ठाउँबाट सक्ने सवैखालको सहयोग गर्ने भन्दै पोल्ट्री व्यवसायमा देखा परेका समस्याको समाधन गर्न सवै लाग्नु पर्ने बताउनु भयो

त्यसै गरि कार्यक्रमका बिषेश अतिथी समेत रहनु भएका जिफण्ट निकट कृषि मजदुर संघका केन्द्रिय सदस्य तथा सँस्थाका वरिष्ठ सल्लाहकार सुरेश आचार्यले पोल्ट्री व्यवसायमा बिभिन्न समयसन्दर्भमा आउने बडफ्लु संक्रमणको हल्ला एवम् अन्य रोगब्याधले बजार डामाडोल हुने र लाखौ करोडौँको लगानी धराशायी हुने जोखिम देखिएको बताए ।

लोक प्रिय तथा प्रखर वत्ताको रुपमा परिचित आचार्यले ब्यबसायिक अधिकारका निम्ति व्यवसायीहरु सँगठित हुनुको विकल्प नरहेको भन्दै साँगठनिक शक्तिले मात्र पेशाको रक्षा र सुरक्षा गर्न सक्ने बताए । स्वस्थकर मासु लगायत अन्य बिभिन्न खानपानले मानव जिवनलाई प्रत्यक्ष प्रभाव पार्छ र यस भलाई सँघले काठमाण्डौ लगायतका गाउँ बस्ती एवम् बजारहरुमा स्वस्थकर मासु उपभोक्ताको माझमा पुराएर मानव जिवनलाई निरोगी बनाउन योगदान पुराउन सक्ने बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सँघका अध्यक्ष हेरम्बराज कोईरालाले यस व्यवसायमा पनि दुख रहेको, आफुहरुले दुख पनि भोगेको बताउँदै सफलताको लागि एक आपसमा हातेमालो गर्दै सबै व्यवसायीलाई एक हुन आग्रह गरे ।

सँघका अध्यक्ष हेरम्बराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा साँसद हिरानाथ खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो । जिफण्ट निकट कृषि मजदुर संघका केन्द्रिय सदस्य तथा संघका वरिष्ठ सल्लाहकार सुरेश आचार्यको विशेष आतित्थ्यता रहेको थियो । सो कार्यक्रमको अतिथीहरुमा सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराई, कालिका गाउँपालिका रसुवाका उपाध्यक्ष भवानी न्यौपाने, नेकपाका केन्द्रिय कमीटी सदस्य माधव अर्याल, यस्तै विभिन्न गाउँपालिकाका पदाधिकारी एवम् वडा अध्यक्षहरु, पत्रकार, स्थानिय समाजसेवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधी लगायतको आतित्थ्यता एवम् उपस्थिती रहेको थियो ।

२६ जेष्ठ २०७६, आईतवार ०९:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस