|  

नेपाल रेडक्रस सोसाइटी किराञ्चोक उपशाखा को छैठौं वार्षिक साधारणसभा सम्पन्न

२६ पुष २०७६, शनिबार १४:४१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


नेपाल रेडक्रस सोसाइटी किराञ्चोक उपशाखा को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साविक किराञ्चोक गाविसको सभाहलमा सम्पन्न कार्यक्रममा किराञ्चोक उपशाखाका सभापति वद्री जम्कटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष दुर्लभ कुमार तामाङको प्रमुख अातिथ्यता रहेको थियो ।

 

रेडक्रस को गतिविधि र सामाजिक रुपमा गरिरहेको गतिविधि को वारेमा प्रमुख अतिथि तामाङले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गजुरी गाउँपालिका वडा नं.७र ८का वडा अध्यक्ष द्वय केशव अधिकारी र राजकुमार ढुंगानाको विषेश अातिथ्यता रहेको थियो ।

 

स्थापनाकाल देखि किराञ्चोक उपशाखाले भुकम्प पीडित को राहत वितरण लगायत समाजिक मानविय सेवाको काम साविकको किराञ्चोक उपशाखाले गर्दै अाएको छ ।

२६ पुष २०७६, शनिबार १४:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस