|  

परिकल्पना सहकारिद्वारा विद्यार्थीहरूको लागि न्यानो कपडा वितरण

१२ पुष २०७८, सोमबार १२:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी, धादिङ ।
परिकल्पना बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरूको लागि न्यानो कपडा वितरण गरेको छ । आइतबार धादिङको गजुरी गाउँपालिका वडा नं. ६ स्थित ईन्द्रायणि आधारभूत विध्यालयका कक्षा १-५सम्मका ९५ जना विद्यार्थीको लागि न्यानो कपडा वितरण गरेको हो । काठमाडौंको कलंकिमा मुख्य कार्यालय भएको परिकल्पना बचत तथा ऋण सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको लागि न्यानो कपडा वितरण गरिएको सहकारीका कोषाध्यक्ष जगत रेग्मीले जानकारी दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षतामा भएका न्यानो कपडा वितरण कार्यक्रममा गजुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जुन बहादुर भुजेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी भुजेलले जाडो बाट प्रभाववित वालवालिकालाई न्यानो कपडाको व्ववस्था गरेकोमा सहकारी र त्यसका पदाधिकारीलाई धन्यवाद व्यक्त गर्नु भयो ।

१२ पुष २०७८, सोमबार १२:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस