|  

पहिरो पीडितको लागि गजुरी गाउँपालिका–६ को राहत

२६ असार २०७८, शनिबार १४:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ/
यहि असार १६ गते देखि परेको अविरल बर्षका कारण घरबार विहिन भएकाहरुको लागि गजुरी गाउँपालिका वडा नं. ६ को पहलमा राहत वितरण गरेको छ । गजुरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जुन बहादुर भुजेलको पहलमा २५ घर परिवारलाई राहत वितरण गरेको हो । विपदको समयमा पनि गाउँपालिका कार्यपालिकाको बैठक बस्न नसक्दा पीडितहरु समस्यामा परे पछि दाताहरु खोजेर पीडितलाई थोरै भए पनि राहतको व्यवस्था गरिएको भुजेलले बताउनु भयो । शुक्रवार पीडितहरुको लागि प्रति परिवार २ बण्डल जस्ता पाता, १ बोरा चामल, २ के जी नुन लगायतका सामाग्री वितरण गरिएको बताईएको छ । दोस्रो चरणको लकडाउनको समयमा पनि गाउँपालिकाले बेवास्था गरेको भन्दै दाताहरुको सहयोगमा वडाका विभिन्न गाउँहरुमा छाक टार्न नसक्नेहरुको लागि राहात वितरण गरेको हो ।

गजुरी गाउँपालिका वडा नं. ६ का आदमघाट, जरे, मिलनटार, स्यामैंडाँडा लगायतका ठाउँहरुमा नेपाल नाजरेट सोसाईटी, नेपाल जेसुईट र एल एफ यक्स एन को सहयोगमा ३५० घरपरिवारलाई राहात वितरण गरेको छ ।

विगत लामो समय देखि गजुरी गाउँपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा दजनौं पहिरो तथा बाढी पीडितहरु समस्यामा परेका छन् । गजुरी गाउँपालिकामा हाल सम्म पनि आगामी आ.वं २०७८÷०७९ को नीति तथा कार्यक्र र बजेट आउन सकेको छै्रन ।

२६ असार २०७८, शनिबार १४:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस