|  

पार्टीभित्र आन्तरिक निर्वाचन गर्ने माओवादीको तयारी

३० भाद्र २०७८, बुधबार ०७:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समितिहरुको पदाधिकारी बारे अझै निर्णय गर्न सकेको छैन । आज बसेको स्थायी सतिति बैठकमा पनि माओवादीले प्रदेश पदाधिकारीको विषयमा कुनै निर्णय गर्न नसकेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

आज बसेको स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको छ । पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । बिष्णुपुकारद श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको पवक्ता महराले जनाकारी दिए ।

बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमाजैन गरेर पेश गर्नेगरि पारित गरेको छ ।

विद्यानमा केही थपघट र परिमार्जन भएको महराले बताए । यसमा अझ थपघट गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा राष्ट्रिय भेलाले अनुमोदन गर्ने गरि स्थायी समितिले पारित गरेको छ ।

३० भाद्र २०७८, बुधबार ०७:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस