|  

पार्टी एकता बजबुत बनाउन नेकपा नेता जम्कटेलको ७ बुँदे धारणा

१७ श्रावण २०७७, शनिबार २१:२१ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले पार्टी एकता सम्बन्धि धारणा ब्यक्त गरेका छन् । सामाजिक संजाल मार्फत व्यक्त गरिएका धारणामा नेकपालाई कसरी बमबुत बनाउन सकिन्छ ?, अहिलेको समस्या केहो भन्ने बारेमा राखेका हुन् । उनले लेखेका छन् , “मेरो यो धारणा पार्टी एकता कमजोर पार्न र गुटबन्दीलाई बढवा दिनको लागि होइन ।एकता लाई मजबुत बनाउन को लागि नै हो ।अहिलेको अनतरसंघर्षमा म एकदम स्पष्ट छु ।सबै नेताहरूलाई म उत्तिकै सम्मान गर्दछु ।कसैले यसलाई गलत तरिकाबाट भजाउन पनि सक्दछन ।आन्दोलनमा बिचार , नेतृत्व र संगठको महत्वलाई ढिक ढंगले बुझ्नु पर्दछ आज नेकपा भित्र को अन्तरसंघर्षमा बिशेष गरी पुर्ब माओबादी तर्फका तल्लो स्तरका कार्यकर्ता र समर्थक जनमानसहरूको एउटै धारणा छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका पुर्ब माओबादी पक्ष किन एक ढिक्का हुन सकेन अध्यक्ष कमरेड प्रचण्ड लाई किन कमजोर बनाउन खोजी दै छ , स्थायी समिति र केन्द्रीय समिति का नेताहरू किन चुप लागेर बसेका छन ?अध्यक्ष कमरेड प्रचण्ड लई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ? मेरो बिचारमा १. पार्टी एकता जोगाउन अध्यक्ष वरिपरि नै पुर्ब माओबादी धार केन्द्रित हुनु पर्दछ । २. स्कतिपय स्थायि समिति का सदस्य कमरेड हरूको भाबना राम्रै होला तर अध्यक्ष कमरेड को त्यत्रो त्यागलाई अपमान गर्ने , उहाँ को कुरा नसुन्ने ले तपाईं हरूको कुरा पत्याएर एकता जोगाईदिनु हुन्छ । ३. समिकरणले बिग्रिएको छैन ।समिकरण बनाउन कोशीश कसले गरेको छैन रु ४. अध्यक्ष कमरेड प्रचण्ड को प्रबृति अहिलेको पार्टी को समस्या होईन ? बिगतका ईतिहासहरू साक्षी छन । उहा त समाधान हो । ५. अन्तरसंघर्ष हुदाँ बिचमा बसेर खेल्ने , एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने , प्रतिशोध साध्ने प्रबृति देखिन्छ । त्यो अबसरबाद हो । त्यो प्रबृति समाप्त हुन्छ । ६. अहिलेको पार्टी को अन्तरसंघर्ष बैचारिक नै हो । हामी आफुलाई कुन बिचारमा उभ्याउने रु समाजबादमा पुग्ने बैचारिक आधार कुन हो । ७. कमिकमजोरीको समिक्षा गर्दे जाउला पुर्ब मााओबादी पक्ष अध्यक्ष कमरेड प्रचण्ड को वरिपरि एकताबद्द बनौ । उहाँ ले अगाडी बढाउने सबै कदमहरूलाई साथ दियौ ।संकटको बेलामा मौन भएर कोही पनि नबसौ ।यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ । तब मात्रै पार्टी एकता जोगिने छ ।” मन्त्री जम्कटेलले पार्टी एकताको पक्षमा विशेष जोड दिँदै आउनु भएको छ ।

१७ श्रावण २०७७, शनिबार २१:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस