|  

पृथ्वीराजमार्ग को जवाङ खोलामा पहिरोले गाडी पुरीदा २ जनाको मृत्यु ६ जना घाईते

१९ असार २०७८, शनिबार ११:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ–पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जवाङ खोलामा पहिरोले गाडी पुरिदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६, बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

पहिरोले सवारी साधन पुरिदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६, का ४० वर्षीय हरि बहादुर प्रजा, चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन् । घाईतेहरुको चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

अविरल वर्षासँगैको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध छ ।अवरुद्ध राजमार्ग गाउँपालिका र सडक विभागको डोजरले खुलाउने कार्य भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षपीत्तबहादुर डल्लाकोटी बताएका छन् ।

१९ असार २०७८, शनिबार ११:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस