|  

प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै,यस्ता छन् आजका कार्यसूची

७ आश्विन २०७८, बिहीबार ०९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
यस अघिको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को विरोधका विच विनियोजन विधेयक, २०७८ पारीत गरिसकेको छ ।

नेकपा(एमाले)ले कारबाही गरेका १४ जना सांसदहरुको सूचना सभामुखले टाँस गर्नुपर्ने माग राख्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

७ आश्विन २०७८, बिहीबार ०९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस