|  

प्रदेश सरकार नै संघियता विरोधी : नेता जम्मकट्टेल

१९ असार २०७८, शनिबार १८:०२ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका कारण ५ दलको गठबन्धनले विरोध गरेको बताएका छन् ।
प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा बोल्दै नेता जम्मकट्ट्लले विधि र पद्धति नमान्ने, संविधानमाथि नै प्रहार गर्ने काम विरुद्ध ५ दलको गठबन्धनले विरोध गरेको स्पष्ट पारे ।
बहुमतको अगाडि जनताको हित विपरितका कुनैपनि शासन नटिकेको उदाहरण रहेको भन्दै उनले ओली सरकार गलत काममा अघि बढिरहने हो आन्दोलनलाई कसैले थेग्न नसक्ने चेतावनी दिए ।

उनले प्रदेश सरकारले विपद् व्यवस्थापनको बजेट संविधान विपरित जिल्ला प्रशासनलाई पठाएको भन्दै उनले यो कदम संघीयता विरोधी भएको बताए ।
उनले शसर्त तर्फको अनुदानको कार्यक्रमहरुमा प्रदेश सरकारले विभेद गरेको भन्दै यो शीर्षक नसच्याएसम्म बजेटमाथिको छलफल चल्न नदिने बताए ।
प्रदेश सरकारले आफु मातहतको संचार माध्यम संचालन गरेर स्वतन्त्र संचारमाथि नै प्रहार गरेको भन्दै उनले सो निर्णय फिर्ता लिन पनि माग गरे ।
यस्तै प्रदेश सरकारले संसद्को मानमर्दन गरेर बजेट कार्यक्रमको २ प्रकारको पुस्तक प्रकाशन गरेको उनले बताए । सरकारभन्दा माथि रहेको संसद्लाई नै गिराउने गरी आफ्ना नेता कार्यकर्ता पोस्नका लागि बजेटलाई प्रोभिन्सीयल लाइन मिनिष्ट्र बजेट इन्फर्मेशन सिष्टम पी एल एम बी आई एस नै नगरी छलफलमा ल्याउन नहुने भएकाले यो पुस्तक फिर्ता लैजान उनले आग्रह गरे ।

१९ असार २०७८, शनिबार १८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस