|  

प्रयास नेपाल द्वारा बाल संरक्षण र लैङ्गिकमैत्री बिद्यालय सम्बन्धि कार्यशाला सम्पन्न

२ माघ २०७७, शुक्रबार १९:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सल्यानटार/धादिङ
रानिपौवा माध्यमिक बिद्यालय त्रिपुरासुन्दरी गापा वडा नं १ को सल्यानटारमा ३ दिने बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक शशिधर पाठकको अध्यक्षतामा भएको कार्यशालामा बाल संरक्षण,सुरक्षा,लैगिकमैत्री तथा बिद्यालय सुधार योजना लगायतका सम्बन्धित बिषयबस्तुमा अासमान नेपालका कार्यक्रम उषा बिक सत्याल र भिएस्ओका राष्ट्रिय स्वयम्सेवक सुजाता राईले सहजिकरण गर्नु भएको थियो । बुधबार सम्पन्न भएको बिद्यालय सुधार सम्बन्धि कार्यशालामा बिद्यालय व्यवस्थापन समिति,अभिभावक शिक्षक संघ,शिक्षकहरु सुशासन समूहका सदस्यहरु र अभिभावक सहित २४ जनाको सहभागीता रहेको थियो । भिएस्ओको साझेदारीमा आसमान नेपालको सहयोग तथा रानिपौवा माध्यमिक विद्यालय व्यवस्थापन त्रिपुरासुन्दरी १ को व्यवस्थापनमा कार्यशाला भएको सम्पन्न हो । समापन कार्यक्रम प्रधानाध्यापक शशिधर पाठकले बिद्यालय शैक्षिक बिकासमा लागि बिद्यालयले बाल संरक्षण,सुरक्षा, बाल, लैगिकमैत्री हुनु पर्ने बताउनु भएको थियो । यसका साथै पाठकले शिक्षकहरुले बिषयगत र कक्षागत सिकाई उपलब्धीको लक्ष्य तोकी सोही अनुसार शैक्षिक सुधार तथा कक्षागत पाठ योजना तयारीमा समेत सहयोग हुने बताउनु भएको थियो । कार्यक्रमका सहभागी अभिभावकले कार्यशालाले बालबालिकाहरुलाई बिद्यालयमा सहज रुपमा सिकाई बढाउन वातावरण बनाउन सहयोग हुने कुराको बारे जानकारी भई कार्ययोजना समेत तय भएकाले सबै पक्ष मिलेर बाल संरंक्षण तथा सुरधार र लैगिक मैत्री बिद्यालय बनाउन लागि प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा त्रिपुरासुन्दरी गापा १ कन वडाध्यक्ष भोज बहादुर रिजालले ३ दिने कार्यशालामा भएको सिकाई तथा तयार भएको बिद्यालय सुधार योजना पुर्ण रुपमा कार्यान्वयन गरी बिद्यालयको शैक्षिक लगाउत समग्र पक्षको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउनु भएको थियोे । यसै गरि माध्यमिक बिद्यालय त्रिपुरासुन्दरी गाउँपालिका वडा नं . २ मा पनि बाल,संरक्षण र लैगिकमैत्री बिद्यालय सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समिति सदस्य सीता पाठकको अध्यक्षतामा भएको कार्यशालामा २३ जनाको सहभागीता रहेको थियो । कार्यशाला समापन कार्यक्रममा प्रधानाध्यापक ठान प्रसाद बसौलाले बिद्यालय शैक्षिक बिकासमा लागि बिद्यालयले बाल संरक्षण,सुरक्षा, बाल, लैगिकमैत्री हुनु पर्ने बताउनु भएको थियो । यसका साथै बसौलाले शिक्षकहरुले बिषयगत र कक्षागत सिकाई उपलब्धीको लक्ष्य तोकी सोही अनुसार शैक्षिक सुधार तथा कक्षागत पाठ योजना तयारीमा समेत सहयोग हुने बताउनु भएको थियो । कार्यक्रमका सहभागी अभिभावक अमर सिह बिकले कार्यशालाले बालबालिकाहरुलाई बिद्यालयमा सहज रुपमा सिकाई बढाउन वातावरण बनाउन सहयोग हुने बताउनु भयो । बिद्यालयको कार्ययोजना समेत तय भएकाले सबै पक्ष मिलेर बाल संरंक्षण तथा सुरधार र लैगिक मैत्री बिद्यालय बनाउन लागि प्रधानाध्यपक ठान प्रसाद बसौलाले प्रतिबद्धता जनाउनु भएको छ ।

२ माघ २०७७, शुक्रबार १९:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस