|  

प्रयास नेपाल द्वारा सिद्धलेक खरमटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न

२६ पुष २०७७, आईतवार ०९:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक/धादिङ
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ खरमटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन , हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार १७ जनालाई बाख्रा उपहार गरीएको हो । जनचेतना स्वालम्बी महिला समुहले संघर्षशील र चण्डेश्वरी स्वबलम्बी महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो । फुलबारी स्वालम्बी महिला समुहका अध्यक्ष तथा उपहार महिला कृषि सहकारीको उपाध्यक्ष रञ्जना पुरिको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टीका थपलियाको प्रमुख आतिथ्य रहेको थियो। प्रयास नेपाल धादिङका अध्यक्ष रेषटन कडेल ,उपहार महिला सहकारीका व्यवस्थापक हरि तिमल्सिना संचारकर्मीहरु ,सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका वडाध्यक्ष टीका थपलियाले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाका वडाध्यक्ष थपलियाले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी थपलियाले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत अायअार्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गरेको बताउनु भयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका अध्यक्ष रेषटन कडेलले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि अायअार्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल मुल तगा उपहार गरि ६९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो।

२६ पुष २०७७, आईतवार ०९:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस