|  

प्रयास नेपाल धादिङ द्वारा ३ दिने परिवार विकास पद्धति सम्बन्धि कार्यशाला सम्पन्न

१५ पुष २०७७, बुधबार १६:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ २०७७ पुष १५
परिवार विकास पद्धति सम्बन्धि ३ दिने कार्यशाला बुधबार सिद्धलेक ४ आरुवासटारमा सम्पन्न भएको छ । बाल विकास कार्यक्रम संचालन गरिएका प्रयास नेपाल धादिङ र चाईल्ड नेपाल काठमाडौका कर्मचारीहरुको क्षमता विकासको लागि कार्यशाला संचालन भएको हो । कार्यक्रममा दुबै संस्थाका १९ जना कर्मचारी तथा संस्थाका सदस्यहरुको सहभागीता रहेको थियोे । कार्यशालामा परिवार पद्धतिका शिक्षा,आर्थिक,कानुन ,स्वास्थ्य र मनोसामाजिक परामर्शको पक्षहरुमा रहेर राजु घिमिरेले सहजिकरण गर्नु भएको थियोे । परिवारको विवरण,तथ्यांकको महत्त्व,सवाल पहिचान,सवाल समाधानका लागि परामर्श , औपचारिक र अनौपचारिक संचार र प्रेषण विधि प्रक्रियाको बारेमा सहजिकरण गरिएको थियो । यसै गरि कार्यशालामा बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह ,समूह छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रियाको बारेमा भ्वाइस अफ चिल्ड्रेनका तालिम अधिकृत राजु घिमिरे ,प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टका नेपाल प्रमुख माया भर्विष्ट , प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल सहजिकरण गर्नु भएको थियो । सोमबारबाट शुरु भएको कार्यक्रममा चाईल्ड नेपाल काठमाडौका अध्यक्ष कृ्ष्ण सुवेदी ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टका नेपाल प्रतिनिधि बुद्धि कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको रेनुका रुपाखेतिले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङ गजुरी गाउँपालिका ,प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा गजुरी गाउँपालिकाका सबै ४४ सामुदायिक बिद्यालयका बाल विकास कक्षा र १ वटा समुदाय स्तरको बाल विकास केन्द्रका बाल बिकासका बालबालिका केन्द्रित कार्यक्रम संचालन गर्न लागिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनु भयो।

१५ पुष २०७७, बुधबार १६:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस