|  

प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

४ श्रावण २०७८, सोमबार २०:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


उदयपुर/घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साउन ३ मा प्रहरीले ज।१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । उनले भने–‘तत्काल पक्रेर कानुनी कारवाही शुरु गरेका छौं ।’

पिकअपमा बियर, विभिन्न ब्राण्डका रक्सि, गुट्खा र किराना सामान फेला परेको थियो । करिब १ लाख २० हजार मूल्य पर्ने सामानको बिल, भरपाई र भन्सार जाँचपास कागज देखाउन नसकेपछि प्रहरीले सो गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बरामद गरेको सामान आवश्यक कारवाहीका लागि सोमबार करदाता सेवा कार्यालय गाईघाटमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ । रातोपाटी अनलाईले खबर छापेको छ ।

४ श्रावण २०७८, सोमबार २०:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस