|  

फाइबर सँगै स्याटेलाईट इन्टरनेट सुरु गर्दै डिसहोम, यस्तो हुनेछ डिसहोमको इन्टरनेट, पढ्नुहोस

७ पुष २०७६, सोमबार १८:२१ प्रकाशित
प्रदेश हव न्युज डेस्क


पुस ७, धादिङ
स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । टेलिभिजन प्रशारणकै मोडालिटीबाट कम्पनीले अबको ६ महिनाभित्र देशभरका लागि इन्टरनेट सेवा सुरु गर्ने भएको हो ।
डिसहोमले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेको छ । सहरी क्षेत्रका ग्राहकलाई अप्टिकल फाइबर र ग्रामीण एवम् दुर्गम क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने तयारी भइरहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । ‘त्यसका लागि हामी प्राविधिक रुपमा सक्षम छौँ,’ उनले भने, ‘डिसहोम फाइबर नेट भनेर हामीले सेवा सुरु गर्दैछौँ । तर, यसले सबै ग्राहकलाई समेट्न नसकिने भएकाले स्याटेलाइट इन्टरनेट समेत दिने योजना बनाएका हौँ ।’

दुबै सेवा एक साथ सुरु गर्ने कम्पनीको तयारी छ । सस्तो रुपमा इन्टरनेट पुर्‍याउनेभन्दा पनि देशभर इन्टरनेट पहुँच सुनिश्चित गर्ने अठोटका साथ स्याटेलाइट इन्टरनेटको योजना बनेको आचार्य बताउँछन् । विभिन्न शिर्षकमा कम्पनीले वार्षिक रुपमा सरकारलाई करीब एक अर्ब रुपैयाँ राजश्व तिर्दै आएको छ । यससँगै देशभर टेलिभिजन प्रशारणको पहुँच सुनिश्चित गर्ने कम्पनीको योगदानको उपयुक्त मूल्याङ्कन सरकारबाट हुन नसकेको आचार्यको गुनासो छ । ‘स्याटेलाइट टेलिभिजन जस्तै देशभर इन्टरनेट पुर्‍याउने योजना पनि हाम्रो आफ्नै अग्रसरतामा अगाडि बढिरहेको छ,’ उनले भने ।

सरकारी दूरसञ्चार कम्पनीको रुपमा रहेको भारत सञ्चार निगमले भारतमा स्याटेलाइट मार्फत इन्टरनेट दिँदै आएको छ । ‘वास्तवमा देशभर इन्टरनेट पहुँच कायम गर्ने अग्रसरता सरकारले नै देखाउनुपर्ने हो,’ आचार्य भन्छन्, ‘सरकारले गरेन भनेर हामी चुप लागेर बस्ने पक्षमा छनौँ । यस हिसावमा हामीले नाफाको व्यवसायको रुपमा यो परियोजना अगाडि बढाउन खोजेका होइनौँ । ब्राण्डको दायीत्वको कुरा पनि आउँछ ।’

यस्तो हुनेछ डिसहोमको स्याटेलाइट इन्टरनेट
नेपालको भौगोलिक विकटताका कारण धेरैजसो दुर्गम भेगमा अझै इन्टरनेट सेवा पुग्न सकेको छैन । सहरी क्षेत्रमा इन्टरनेट सेवा प्रदायकहरुले दिँदै आएको फिक्स्डलाइन इन्टरनेटको मोडेलभन्दा भिन्न तरिकाले स्याटेलाइट इन्टरनेट दिने डिसहोमको तयारी छ ।

कम्पनीका अनुसार मोबाइल इन्टरनेटमा जस्तै डाटा प्याकको रुपमा स्याटेलाइट इन्टरनेटको मूल्य तय गरिनेछ । अप्टिकल फाइबर मार्फत दिइने इन्टरनेटको तुलनामा महंगो पर्ने भएकाले यस्तो मोडालिटी अपनाइने हो ।डेडिकेटेड इन्टरनेट आवश्यक भएका ग्राहकलाई भने अनलिमिटेड इन्टरनेट समेत उपलब्ध गराउन सकिने कम्पनीका प्रबन्ध निर्देशक आचार्य बताउँछन् । ‘हामीले यो सेवामार्फत देशभरका सबै स्थानमा इन्टरनेट पहुँच कायम गराउन खोजेको मात्रै हो,’ उनी भन्छन् ।

फेसबुकको विपद सहायता फिचरमा अपडेट, अब ह्वाट्सएपले पनि प्रकोपमा साथ दिने
अहिले देशभर जुनसुकै स्थानमा डिसहोमको टेलिभिजन हेर्न सकिने अवस्था छ । अबको केही समयपछि ती सबै स्थानमा स्याटेलाइट इन्टरनेट समेत पुग्नेछ । तर, टेलिभिजनका लागि जडान गरिएको छाता र सेट टप बक्स भने स्याटेलाइट इन्टरनेटमा काम आउने छैन । टेलिभिजन प्रशारण स्याटेलाइटबाट पठाइएको सिग्नल प्राप्त गर्ने एकोहोरो प्रणालीमा आधारित हुन्छ । इन्टरनेटका लागि भने सिग्नल पठाउने र प्राप्त गर्ने दोहोरो प्रविधि आवश्यक हुन्छ ।

भिस्याट तथा स्याटेलाइट प्रविधिको इन्टरनेट पुर्‍याउन निश्चित स्थानका लागि रिपिटरको रुपमा एउटा छाता रहनेछ । त्यसै छातामार्फत इन्टरनेट उपलब्ध गराउन आसपासका स्थानका प्रयोगकर्ताका लागि राउटर दिइनेछ ।यसको अर्थ हरेक प्रयोगकर्ताले घरमा डिसहोमको टेलिभिजनका लागि आवश्यक भएजस्तो छुट्टा छुट्टै छाता राख्न जरुरी हुनेछैन । जसले गर्दा इन्टरनेट कनेक्सन खासै महंगो नपर्ने बताइएको छ

७ पुष २०७६, सोमबार १८:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस