|  

बकर इद पर्वको साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

४ श्रावण २०७८, सोमबार १९:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ । बाँकी दैनिक काम कारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ ।

४ श्रावण २०७८, सोमबार १९:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस