|  

बागमति प्रदेश सभा द्धारा प्रदेश प्रहरी ऐन पारित

४ श्रावण २०७७, आईतवार २०:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकले एक वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिले पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो विधेयक पारित गरियोस् भनि प्रस्तुत गरेको प्रस्ताब सर्वसमतिले पारित भएको हो ।

सोही बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रहरी विधेयक पारित गरिएपछि कानूनमन्त्री जम्मकट्टेलले संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकोमा खुसी व्यक्त गरे ।

प्रदेश सभाको अर्को बैठक भोलि साउन ६ गते २ बजेको लागि बोलाएको प्रदेशसभाको सभामुख सानुकमार श्रेष्ठले जानकारी दिए ।

४ श्रावण २०७७, आईतवार २०:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस